मुख्य दायित्व

Home मुख्य दायित्व

मुख्य दायित्व

  •  यस प्रदेश सरकार अन्र्तगत रहेको उधोग, पंर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यालयहरुको योजना तर्जुमा गर्नको नमित्त सहजीकरण गर्ने ।
  • उधोग, पंर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यालयहरु, आयोजना, परियोजना एवं निकायहरुबाट संचालित विकास कार्यहरुको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने ।
  • राष्ट्रिय नीति तथा कार्यक्रममा उधोग, पंर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतका तोकिएका कार्यक्रमहरुको अनुगमन, प्राप्त प्रगति विवरण संकलन गरी प्रतिवेदन पेश गर्ने ।
  • कार्यक्षेत्र भित्र संचालित उधोग, पंर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतका वन, वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सरकारी एवं गैह्र सरकारी संस्था र आयोजना/परियोजना बीच आवश्यक समन्वय गराउने ।
  • अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त नतिजाको आधारमा सुधार गर्नु पर्ने पक्षलाई नीतिगत रुपमा समावेश गर्नका निमित्त उधोग, पंर्यटन,वन तथा वातावरण मन्त्रालयलाई आवश्यक पृष्ठपोषण गर्ने कार्यमा सहयोग पुर्याउने ।
  •  क्षेत्र भित्रको सामुदायिक वन हस्तान्तरण, वन कार्ययोजना नवीकरण गर्ने, जडिबुटी तथा अन्य वन पैदावार र साझेदारी वनको प्रारम्भीक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गर्ने ।