परिचय

वन निर्देशनालय, धरानको  स्थापना वि.सं. २०४० मा साबिक पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयको रुपमा भएको हो । नेपाल संघियतामा गए संगै देश सात वटा प्रदेशमा विभाजित भएको छ । हाल हस निर्देशानालयले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेर प्रदेशको विभागको रुपमा कार्य संचालन गरि रहेको छ ।  यस निर्देशनालय मातहत हाल १५ वटा डिभिजन वन कार्यालयहरू, २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेका छन् ।

यस प्रदेशमा जम्मा १२,७५,५७८ हेक्टर वन क्षेत्र रहेको छ जुन प्रदेशको कूल क्षेत्रफलको ४८.९६ प्रतिशत हो, जसमध्ये ३६९९ वटा सामुदायिक वन (५८०२०६ हेक्टर), ९८२ कबुलियती वन (४१९२ हेक्टर), ४४ वटा धार्मिक वन (४८२ हेक्टर), ५ वटा साझेदारी वन (१०८३८ हेक्टर) छन् । यसैगरी संरक्षित क्षेत्रको रुपमा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु-बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र कन्चनजङ्घा संरक्षण क्षेत्र छन् । संरक्षित क्षेत्र ४,८५८ वर्ग कि.मि. र ३ वटा मध्यवर्ती क्षेत्र १२७८ वर्ग कि.मि.मा फैलिएको छ । यस प्रदेशमा रोजगारीको सृजना, आय आर्जनमा वृद्धि, स्थानीय समुदायको आधारभूत आवश्यकता जस्तैः काठ, दाउरा, घाँसपातका साथै कृषि, पशुपालन, पर्यटन र सिँचाइमा समेत वन तथा जैविक विविधताको उल्लेखनीय भूमिका रहेकोछ ।

image-box
धनन्जय लामिछाने

नि.प्रदेश वन निर्देशक

निर्देशनालयको मुख्य कार्यहरु

सम्पर्क ठेगाना

प्रदेश सरकार
पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय
कोशी प्रदेश, धरान, सुनसरी

फोन :

०२५-५२७०००
pradesh1.forest@gmail.com

कार्यलय खुल्ने समय

आइतवार देखि बिहिबार
१०:०० दखि ५ः०० सम्म
शुक्रवार
१०:०० दखि ३:०० सम्म